अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ ।
यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरूले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् ।
साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा भिमसेनथापा गाउँपालिका ५ का निवासी भिम बहादुर भट्टराईले रु एक लाख जितेका छन् । भैरबी इन्टरप्राईजेजको डिलर अन्तर्रगत रहेको आरुघाट धादिंगका सह—बितरक श्रेष्ठ इलेक्ट्रोनिक्स का डिलर दाई धर्मेन्द श्रेष्ठ को मा एक वर्ष रिचार्ज गरेर भट्टराईले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।
डिशहोमको तर्फ वाट सिनियरसेल्स अफिसर मदन सापकोटा , सर्भिस सेन्टर कोदिनेटर सुमन खनाल ,सर्भिस सेन्टर सुपरभाइजर लक्ष्मी लामा , सिनियर प्राबिधिक सुपरभाइजर उपेन्द्र ओली , प्राबिधिक सुपरभाइजर सागर खड्काबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेका छन् ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने कम्पनीले जनाएको छ ।