काठमाडौँ: महिला साफ च्याम्पियनसिप फुटबलको छैटौं संस्करणको सेमिफाइनलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दै छन्।
भारत विरुद्व दशरथ रंगशालामा भएको खेल हेर्न नेपाली राष्ट्रिय क्रिक्रेटका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल समेत पुगेका छन्।
भारत विरुद्व दशरथ रंगशालामा भएको खेलको सुरुवाती लाईनअपमा फर्वाड तथा नेपाली टप गोल स्कोरर सावित्रा भण्डारी भने सुरुवाती ११ मा रहेकी छैनन्।
डेंगीका कारण उनले श्रीलंका विरुद्वको अघिल्लो खेल गुमाएकी थिइन्। उनले शुक्रबारको भारत विरुद्वको महत्वपुर्ण सेमिफाइनल पनि बेञ्चबाट सुरु गर्ने भएकी छिन्।