भदौ ३१, २०७९ शुक्रबार

३१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपमा भारतविरुद्ध नेपालले अग्रता लिएको छ ।

रश्मी कुमारी घिसिङले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि नेपालले साफ महिला च्याम्पियनसिपमा भारत विरुद्ध १-० को अग्रता बनाए हो ।

प्रिति राईले दिएको पासमा रश्मीले बक्स भित्रबाट बल कन्ट्रोल गर्दै उत्कृष्ट फिनिसिङ गरिन् । पहिलो हाफमा भारतले नेपालमाथि लगातार दबाब बनाएको थियो तर फिनिसिङ गर्न सकेन ।

प्रिति राईले ३३ औं मिनेटमा बक्स बाहिरबाट हानेको भलि प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो ।