भदौ ३१, २०७९ शुक्रबार

काठमाडौँ — न्याय परिषद्ले संसद्को महाभियोग सिफारिस समितिलाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति विवरण बुझाएको छ ।

न्याय परिषद्ले २०७८ साउनसम्म जबराको नाममा बैंक अफ काठमाडौंमा ५९ लाख २६ हजार रुपैयाँ नगद उल्लेख रहेको जनाएको छ ।

त्यस्तै श्रीमती रेजी क्षेत्री राणाको नाममा काठमाडौंको वडा नम्बर ५ मा १ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा रहेको छ । उक्त जग्गाको २०७७ मा ८ करोड २६ लाख रुपैयाँमा किनेको उल्लेख छ । उक्त जग्गामा पुरानो घरसमेत रहेको उल्लेख छ ।

त्यस्तै ठमेलको घरजग्गा धितोमा राखी ९ करोड ५०लाख ऋण लिएको विवरणमा उल्लेख छ । त्यस्तै सम्पत्ति विवरणमा पुरानै विवरण उल्लेख भएको जनाइएको छ । साथै गरगहना पनि विवरणमा उल्लेख गरिएको छ ।