असोज १, २०७९ शनिबार

नेपाल सरकार तथा मन्त्रिपरिषद्को भाद्र २७ गतेको निर्णय अनुसार राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानमा सरुवा हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले भाद्र ३१ गतेबाटराष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा जिम्मेवारी सम्हाल्नु भएको हो ।              

कार्यकारी निर्देशकलाई राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका सिनियर प्रहरी अधिकृतहरु तथा अन्य सकल दर्जाका प्रहरी कर्मचारीहरुद्वारा स्वागत गरिएको थियो । सोही अवसरमा कार्यकारी निर्देशक समक्ष प्रतिष्‍ठानको समग्र गतिविधी समेटिएको प्रस्तुतीकरण प्रस्तुत गरिएको थियो । प्रस्तुतीकरणमा समावेश गरिएका विविध बिषयहरुमा छलफल गरी उपस्थिति प्रहरी अधिकृत तथा अन्य सकल दर्जाका कर्मचारीहरुलाई संक्षिप्त निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।      

निर्देशन सम्बोधनको क्रममा राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठान कार्यकारी निर्देशकले प्रशिक्षण केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु सर्वपक्षमा योग्य र नमुनायोग्य हुनुपर्नेमा जोड दिनुभएको थियो ।

राष्‍ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशकले निर्देशन सम्बोधन पश्‍चात प्रहरी प्रतिष्‍ठानको पुस्तकालय, विभिन‍्‍न शाखाहरु र आन्तरिक कक्षाहरुको अवलोकन समेत गर्नुभएको थियो ।