काठमाडौँ । इन्टरनेस्नल स्कुल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगकाे अध्यक्षमा राजकुमार कार्की नियुक्त भएका छन् । कार्की सन् २०२२ - २०२६ का लागि पुन: नियुक्त भएका हुन् ।
ब्रसेल्समा सेप्टेम्बर १५-१७ मा भएको दोस्रो दिनको इन्टरनेस्नल स्कल स्पोर्ट फेडेरेसनको कार्यकारी समितिको बैठकले उनलाई नियुक्त गरेको हो ।
"मलाई इन्टरनेस्नल स्कुल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगको अध्यक्षमा पुन: नियुक्त गरेकोमा धेरै खुशी छु ।" कार्कीले भने "यस जिम्मेवारीले नेपाली खेलकुदलाई अन्तरराष्ट्रियस्तरमा थप सशक्त बनाउने छु ।"
उनले २०१८-२०२२ का लागि पनि इन्टरनेस्नल स्कुल स्पोर्ट फेडेरेसनको प्राविधिक आयोगकाे अध्यक्षमा रहेर काम गरिसकेका छन् । नेपाली खेलकुदलाई लामो समयदेखि योगदान दिँदै आएका कार्की नेपाल स्कुल स्पोर्ट्स फेडेरेसनका महासचिवसमेत हुन् ।