असोज २, २०७९ आइतबार

काठमाडौं । एएफसी यू–२० एसियन कप छनोटमा नेपालले आज बंगलादेशसँग देल्दै छ ।


बहराइनको शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा नेपाल र बंगलादेशबीचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । लगातार तीन खेलमा हार बेहोरेको नेपाल आज पहिलो जितको खोजीमा हुनेछ । 

समूह बी मा रहेको नेपाल अंकविहीन रहँदै समूहको पुछारमा रहेको छ । नेपाल प्रतियोगिताबाट बाहिरिइसकेको छ ।  तर, नेपाल अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ  ।