काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आजबाट सर्वोच्च अदालत फर्कने भएका छन् । आफूविरुद्ध लागेको महाभियोग प्रमाणित नभएको भन्दै जबराले आफू आज ११ बजे अदालत पुग्ने जनाए ।
एक कार्यक्रममा जबराले भने – “म आज ११ बजे अदालत जान्छु, काममा फर्कन्छु, ममाथि लगाइएको महाभियोग प्रमाणित भएन ।”
जबरामाथि सत्तापक्षका ९८ जना सांसदले महाभियोग दर्ता गरेका थिए । लामो समयसम्म उक्त प्रस्ताव त्यतिकै राखेर हालै अघि बढाइएको थियो । हिजो राति १२ बजेबाट संसद्को कार्यकाल पनि समाप्त भएको छ ।
महाभियोग सिफारिश समितिले भने हिजो राति सभामुख अग्निप्रसाद सापकोटासमक्ष प्रतिवेदन बुझाएको थियो । समितिमा रहेका एमाले र लोसपाका सदस्यहरुले भने फरक मत राखेका छन् ।