असोज २, २०७९ आइतबार

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाली सेनाको स्कटिङमा सर्वोच्च अदालत प्रवेश गर्ने तयारी थालेका छन् ।

सर्वोच्च प्रवेशका लागि सेनाका उच्च पदस्थ अधिकारीहरूसँग छलफल भइरहेको स्रोतले जनाएको छ ।

जबराविरुद्ध महाअभियोग लगाउने ९ वटा आधार र कारणसहित संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा जुटेका हुन् ।

गठबन्धन पक्षधर बार पदाधिकारी तथा वकिलहरु जबरालाई रोक्न सर्वोच्च अदालतको गेटमै धर्ना बसेका छन् ।