असोज २, २०७९ आइतबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले २ लघुवित्तको सेयर कारोबार रोक्का गरेको छ ।


साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको सेयर कारोबार रोक्का गरेको हो ।


यी दुई लघुवित्तबीच १००ः ८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष ७ अर्बभन्दा बढी हुनेछ ।