असोज २, २०७९ आइतबार

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासमा तालाबन्दी गरिएको छ । नेपाली सेनाको स्कर्टिङमा सर्वोच्च अदालतर्फ आउने तयारीबीच उनको निवासमा तालाबन्दी गरिएको हो ।

निलम्बित प्रधानन्यायाधीश राणाले पूर्व निर्धारित समयअनुसार आफू सर्वाेच्व आउन निस्कनुअघि नै आफ्नो निवासकोे गेटमा प्रहरीले तालाबन्दी गरेको बताए ।

जबराले आफूलाई निवासमै सरकारले नजरबन्द गरेको भन्दै आक्रोश पोखेका छन् । उनले भने, ‘प्रधानन्यायाधीशजस्तो व्यक्तिलाई नजरबन्द गरिनु लोकतन्त्रको उपहास हो । अनि नागरिक स्वतन्त्रता र अधिकार कसरी सुनिश्चित हुन्छ ?’

यता, राणालाई सर्वोच्वको गेटमै रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू धर्नामा बसेका छन् । उनलाई अदालत परिसरमा प्रवेश गर्न नदिन व्यापक प्रहरीसमेत परिचालन गरिएको छ ।

कामु प्रधानन्यायाधीश दिपककुमार कार्की भने अदालत प्रवेश गरिसकेका छन् ।