असोज २, २०७९ आइतबार

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको एक टोलि अहिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेट्न उनको निवासमा बालुवाटार पुगेको छ।

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरसहितको टोलि बालुवाटार पुगेको हो ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोलि उनको निवासमा पुगेको हो।

प्रधानन्यायाधीश राणाले आइतबार सर्वोच्च अदालत जाने बताएका थिए। उनले सर्वोच्च प्रशासनलाई समेत आफू आउने भन्दै तयारी गर्न आग्रह गरेका थिए।

तर, नेपाल बार एशोसियसनले भने चोलेन्द्र आउने भनेपछि गेटबाटै भित्र जान नदिने निर्णय नै गरेको थियो।

सरकारले भने उनलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी उनको निवासमा खटाएको छ र उनलाई घरबाट बाहिर निस्कन दिएको छैन।