टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ।
आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले कानुनी रित नपुर्याइ र उचित क्षतिपूर्ति नदिई घरहरू नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।
अदालतले जेनेक्स इन्भेस्टेमेन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरूनभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
‘निज निवेदकहरूमाथि उल्लिखित जग्गामा बनेको घर कानुनबमोजिम रित नपुर्याइ वा उचित क्षतिपूर्ति नदिई भत्काउने कार्य नगर्नूनगराउनू भनी अल्पकालीन अन्तरिम आदेश दिएको छ,’ पाटन अदालतको आदेशमा भनिएको छ ।