असोज २, २०७९ आइतबार

काठमाडौँ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा देशभरका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा खटाउँने भएको छ ।


न्यायपरिषद्ले ७७ जना जिल्ला न्यायाधीशलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा खटाउन सिफारिस गरेको हो ।

परिषद्ले थप १७ जना जिल्ला न्यायाधीशलाई जगेडाका रूपमा खटाएको छ । न्यायसेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतका रूपमा सिफारिस गरेको छ ।

यस्तै, थप २० जनालाई जगेडा निर्वाचन अधिकृतको रुपमा परामर्श दिएको छ । परिषद्को सिफारिसअनुसार निर्वाचन आयोगले उनीहरुको नियुक्ति गर्नेछ ।