काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध कडा रूपमा प्रस्तुत भइरहृको सरकारले उनलाई सरकारी निवासबाट पनि हटाउने भएको छ ।
सरकारले जबराको सबै सुविधा खोस्ने तयारी गरेको छ। उनलाई बालुवाटारस्थित सरकारी निवासबाट हटाउने तयारी भइरहेको गृह मन्त्रालयका अधिकारीले बताएका छन्।
गृह मन्त्रालयको निर्देशनअनुसार प्रहरीले जबराको व्यक्तिगत सुरक्षामा खटिएका पिएसओ, निवास सुरक्षा तथा स्कर्टिङमा खटिएका सुरक्षाकर्मीलाई आइतबार फिर्ता बोलाएको हो। उनले प्रयोग गर्ने गाडी पनि खोसिएको छ।
गत १ फागुनमा महाभियोग दर्ता भएदेखि जबरा निलम्बनमा छन्। तर, उनले सरकारी सेवा–सुविधा भने प्रयोग गरिरहेका छन्।