दार्चुलामा नेपाल-भारत जाेड्ने मोटरेबल पुलकाे शिलान्यास हुने भएकाे छ । साेमबार महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलकाे दुईटै देशबाट संयुक्त रूपमा पुलकाे शिलान्यास गरिने भएकाे छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।