काठमाडौँ : नेपाल नाई संघले काठमाडौँ उपत्यकामा सैलुनको शुल्कमा वृद्धि गरेको छ। जसअनुसार अब कपाल काटेको २ सय रुपैयाँ तिर्नुपर्नेछ। यसअघि कपाल काटेको एक सय ५० रुपैयाँ शुल्क तोकिएको थियो।
यो निर्णय असोज १ गतेबाट लागू भएको संघले जनाएको छ। यस्तै, दाह्री काटेको १२० देखि २०० रुपैयाँ निर्धारण गरिएको छ।
कपाल डिजाइन ३५० देखि ५०० रुपैयाँ, दाह्री डिजाइन १५० देखि २५०, टाउको मसाज गरेको २००, स्याम्पु गरेको १२० देखि १५०, कपाल कलर गरेको ५०० देखि ६५० रुपैयाँ, फेसियल गरेको एक हजारदेखि १२ सय रुपैयाँ तिर्नुपर्ने संघको सूचनामा उल्लेख छ।