असोज ३, २०७९ सोमबार

महेश सिंह, सिरहा - नवौँ राष्ट्रिय खेलकुद छ्नोटका लागि सिरहाको लहानबाट करिब दुई दर्जनभन्दा बढी कबड्डी खेलाडीलाई ढलकेवर र भारोतोलन खेलका लागि राजबिराज पठाइएको छ। 

नेपाल सरकारको निजामती कर्मचारी र सप्तरीको महदेवा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत दिलिपकुमार यादवले खेलमा भाग लिने इक्छुक खेलाडीलाई छनोटका लागि पठाइएकाे कोच वीरेन्द्रकुमार यादवले बताए।  

कबड्डी खेलमा भाग लिने १० छात्र र १० छात्रा रहेका छन् भने भारोत्तोलन खेलमा ९ जना पुरुष र ३ जना महिला रहेका छन्। कबडी ३ गते देखि ५ गते सम्म धनुषाको ढलकेबरमा चल्ने छ भने भारोत्तोलन राजबिरामा ४ गतेदेखि ७ गते सम्म चल्ने कोच हेमशंकर चौधरीले जनाए।