सीडीएससीको तथ्यांकअनुसार पुँजीबजारमा डिम्याट खाता खोल्नेको संख्या ५४ लाख नाघेको छ। हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५४ लाख ८ हजार ३५ जना पुगेको छ।
मेरो शेयर प्रयोगकर्ताको संख्या पनि उल्लेख्य रूपमा बढेको छ। मेरो शेयर प्रयोगकर्ताको संख्या ४५ लाख २ हजार ९४ जना पुगेको सीडीएससीले जनाएको छ।
सीडीएससीका अनुसार म्युचुअल फण्डको संख्या ३६, डीपी सञ्चालकको संख्या ८१ र सी–आस्बामा दर्ता भएका बैंकहरूको संख्या ५५ पुगेको छ।