काठमाडौँ । सर्वोच्च अदालतपरिसरमा सुरक्षा व्यवस्था आज पनि कडा पारिएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्षमा प्रदर्शन हुनसक्ने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।
अहिले सर्वोच्चको प्रवेशद्वारमा कार्यालय समयअघि नै व्यापक रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।