असोज ४, २०७९ मंगलबार

काठमाडौँ जिल्ला प्रहरी परिसरले दसैँ, तिहार तथा छठ लक्षित गरेर सुरक्षा योजना लागू गरेको छ । काठमाडौँ जिल्लाको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइ सुरक्षित वातावरणमा सम्पन्न गर्न यो सुरक्षा योजना, २०७९ तयार गरी लागू गरिएको प्रहरीको भनाइ छ ।

प्रहरीले सामान्य र असामान्य गरी दुई वटा चुनौती पहिचान गरेको छ ।

क) सामान्य चुनौती

अवैध मदिरा बिक्री वितरण, झै–झगडा, तास, जुवा, लङ्गडी बुर्जा, ३ गोटी, मापसे गरी ट्राफिक नियमको उल्लङ्घन, सवारी दुर्घटना, सवारी साधनको टिकटमा कालो बजारी, नापतौलबाट ठगी, आतिशबाजी, पकेटमारी, चोरी, लुटपाट, चोरी पैठारी, नक्कली तथा म्याद गुज्रेको सामानको बिक्री वितरण, अभद्र व्यवहार, चन्दा, चिट्ठा आदि सम्बन्धी कसुर  ।

ख) असामान्य चुनौती

समूह–समूहबीच हुन जाने झगडा, डकैती, हातहतियार तथा खरखजानाको प्रयोग, आगजनी, विस्फोटन, कर्तव्य ज्यान, जबरजस्ती करणी, अपहरण वा शरीर बन्धक, ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ, लागूऔषध, कारागार मानव बेचबिखन तथा ओसार पसार आदि सम्बन्धी कसुर ।

यस्तो छ प्रहरीको  सुरक्षा रणनीति

सूचनासङ्कलन (सादा पोसाक)

· प्रहरी नियन्त्रण कक्ष–१००, ट्राफिक नियन्त्रण कक्ष–१०३ र प्रहरीका अन्य नम्बरमा प्राप्त सूचना, 

· अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानहरू लगायतमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वय तथा सहकार्यमा सादा पोसाक प्रहरी परिचालन र सूचना सङ्कलन र प्रहरी परिचालन गर्ने ।

ख)  जनसम्पर्क तथा नागरिकमुखी कार्यक्रम

· यात्रुहरूलाई सहजतापूर्वक यात्रा गर्न बसपार्क इलाकाहरू र सेवा ग्राहीहरूलाई  विशेष सुविधा दिन काठमाडौँको १२ स्थानमा स्थापना गरिएको (सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चावहिल चोक, गोंगवु, नयाँ वसपार्क, बालाजु चोक, वालाजु वाई पास, कलङ्की र वल्खु),

·  ट्राफिक एफ.एम. तथा सञ्चारका अन्य माध्यमहरूबाट समेत जनचेतनामूलक कार्यक्रम प्रसारणलाई निरन्तरता प्रदान गर्ने,

· टोल टोलमा माइकिङ गर्नुका साथै पर्चा पम्लेटहरु वितरण गर्ने,

· स्थानीय जनसमुदाय, सुरक्षा विदहरु तथा पूर्व सुरक्षाकर्मीहरूसँग निरन्तर छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्ने ।

ग) प्रविधिलगायतको प्रयोग

·  काठमाडौँको मुख्य मुख्य चोक, व्यापारिक केन्द्र, आर्थिक कारोबार हुने स्थानहरू, काठमाडौँ प्रवेश गर्ने नाकाहरू लगायतका स्थानहरूबाट तस्बिर लिई सुरक्षा प्रदान,

· अनुसन्धानमा दक्ष कुकुरको प्रयोग


घ)  सुरक्षाकर्मीहरूको प्रभावकारी परिचालन

·  इलाका विभाजन – प्रहरी वृत्तहरू १४,

· प्रहरी हेल्प डेस्क – १२,

· टिकट काउन्टर – १२, 

· मोबाइलबाट गस्ती – २४,

· पिकेटिङ – ९१,

· मोटर साइकलबाट गस्ती – ७६ 
बैंक तथा वित्तीय संस्था, सुन चाँदी पसलमा सुरक्षा

प्रहरी निरीक्षक कमान्डर – १४,

· नाका सिल, कर्डन एण्ड सर्च – २८ स्थान,

·       सामुदायिक प्रहरी साझेदारी अन्तर्गत पर्चा, पम्लेट र माइकिङ्ग – ३५ स्थान,

·       सादा पोसाक – ३८,

·       चेक प्वाइन्ट  ४२ स्थान बिहान बेलुका तथा आकस्मिक