असोज ५, २०७९ बुधबार

पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई ६ विकेटले हराएको छ। जितका लागि १ सय ५९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। 

इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्सले अर्धसतकीय इनिङ्स खेले ४० बल खेलेका उनले ७ चौकासहित सर्वाधिक ५३ रन बनाए।


यो जितसँगै ७ खेलको टी–२० अन्तर्राष्ट्रिय खेलको सिरिजमा पाहुना टोली इङ्ल्याण्डले १–० ले अग्रता लिएको छ।