असोज ५, २०७९ बुधबार

ललितपुर महानगरपालिकाले नगरभित्र निर्मित नक्शा स्वीकृतविना, मापदण्डविपरीत निर्माण भएका संरचनाहरू, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, र्याम्प, सिँढीलगायतका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

नक्शा स्वीकृत गर्दा पार्किङ प्रयोजनमा स्वीकृत लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचना सूचना प्रकाशित भएको मितिले ३५  दिनभित्र सुधार गर्न वा हटाउन सूचित गरेको छ।


‘उल्लिखित म्यादभित्र सूचनाबमोजिमको कार्य नगरेनगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका सरंचना हटाउने,’ सूचनामा उल्लेख छ।