बैशाख २, २०७८ बिहिबार

एजेन्सी । युरोपको सबै भन्दा ठूलो क्लब फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहिवार बिहान सम्पन्न खेलमा घरेलु टोली बोरुसिया डर्टमुणडलाई २-१ गोल अन्तरले हराएको थियो । समग्रमा ४-२ गोल अन्तरले पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

घरेलु टोलि विरुद्ध पाहुना टोली सिटीलाई जिताउन रियाद महारेज र फिल फोडेनले समान १/१ गोल गरे । त्यस्तै घरेलु टोलीका जुडे बेलिङघमले एक सान्त्वना गोल गरे । 

उक्त जितसँगै सिटीले फाइनल प्रवेशको लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पिएसजी तथा साविको उपविजेताको सामना गर्नेछ । उक्त खेलको पहिलो लेग २९ अप्रिलमा पिएसजीको मैदानमा हुनेछ , भने दोस्रो लेग ६ मार्चमा सिटीको मैदानमा हुनेछ ।