राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा जनमत पार्टीले विरोध प्रदर्शन गरेको छ।
प्रतिनिधिसभाले दोस्रो पटक पारित गरेर प्रमाणीकरण गर्न पठाएको विधेयकलाई राष्ट्रपति भण्डारीले अस्वीकार गरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहामा प्रदर्शन गरेका हुन्।
राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए।
यादवका अनुसार बिहान साढे ७ बजेदेखि ८ बजेसम्म चक्काजाम गरिएको थियो।
सवारीसाधन आवागम ठप्प भएपछि प्रहरीले हस्तक्षेप गरेर राजमार्ग खुलाएको थियो।