धनगढी।
कोहलपुर क्रीकेट एकेडेमीको आयोजनामा बाँके जिल्लाको कोहलपुर क्रीकेट मैदानमा आजबाट सुरु भएको कोहलपुर क्रीकेट एकेडेमीको महिला टोलि र कैलाली जिल्लाको महिला टोलिबीचको २ एकदिवसीय तथा २ टी-२० सिरिजको पहिलो एकदिवसीय खेलमा कोहलपुर क्रीकेट एकेडेमीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।फलस्वरूप, कोहलपुर क्रीकेट एकेडेमीले निर्धारित ३० ओभरको खेलमा मात्र १७ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा मात्रै ६२ रन जोड्न सक्यो।ब्याटिङतर्फ कोहलपुर क्रीकेट एकेडेमीका लागि कप्तान वर्षा रानाले सर्वाधिक १४ रन बनाउदा मोनिका रानाले १२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकिनन।बलिङतर्फ कैलाली जिल्लाको महिला टोलिका लागि कप्तान कविता कुँवरले ५.४ ओभरमा २ मेडेनसहित १८ रन खर्चंदै सर्वाधिक ५ विकेट लिन सफल हुँदा इश्वरी बिष्टले ५ ओभरमा १४ रन खर्चँदा मनिषा चौधरीले २ ओभरमा १० रन खर्चंदै समान २/२ विकेट लिन सफल भइन।
६३ रनको झिनो विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कैलाली जिल्लाको महिला टोलिले निर्धारित ३० ओभरको खेलमा ९.२ ओभर खेल्दै मात्रै २ विकेटको क्षति ६३ रन बनाउदै रोमाञ्चक ८ विकेटको जित निकाल्दै एकदिवसीय सिरिजमा १-० ले अगाडि रहन पनि सफल भएको छ।ब्याटिङतर्फ कैलालीकि कप्तान कविता कुँवरले सर्वाधिक ३३ अविजित रन बनाउदा शोभा रोकायाले पनि १५ रन बनाउन सफल भइन।बलिङतर्फ कोहलपुर क्रीकेट एकेडेमीकि एलिशा केसी र सरस्वती पुनले समान १/१ विकेट लिन सफल भएपनि आफ्नो टोलिलाइ जित भने दिलाउन सकिनन।
कोहलपुर क्रीकेट एकेडेमी विरुद्धको पहिलो एकदिवसीय खेल कैलालीले ८ विकेटले जित्न सफल हुँदै २ खेलको एकदिवसीय सिरिजमा कैलाली १-० ले अगाडि रहन सफल भएको छ।खेलकी वुमन अफ दी म्याच कैलालीकि कप्तान कविता कुँवर घोषित हुन सफल भएकी छिन।