असोज ५, २०७९ बुधबार

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भलिबल छनोट प्रतियोगिता भइरहेका बेला मंगलबार धनगढीमा रेफ्री कुटिएका छन् । कुटाइ खाने व्यक्ति कर्ण कठायत रहेको प्रहरीले जनाएको छ ।

झेली खेलाएको भन्दै खेलमा खेलाडी र निर्णायकबीच विवाद भएपछि खेल २ घण्टासम्म स्थगित पनि भएको थियो। कठायतको टाउकोमा चोट लागेको छ।


उनीमाथि हातपात हुँदाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।