असोज ५, २०७९ बुधबार

हिमालयन बैंक लिमिटेडले भदौ १५ गते, बुधबारबाट भदौ २९ गते, बुधबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरिएको छ ।

उक्त अवधिभर रितपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरूलाई बाँडफाँड गरिएको बैंकले एक सूचना मार्फत् जानकारी दिएको छ ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा दुई अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो । जसमध्ये १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि खुल्ला थियो । यसबाट सामूहिक लगानी कोषलाई ५ प्रतिशत छुट्याइएको थियो ।

यस ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याजदर पाइनेछ । यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । 

त्यसैगरी, बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गरेको थियो ।