असोज ५, २०७९ बुधबार

गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्रष्टाचारको उजुरी मधेश प्रदेशबाट आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

बुधवार वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।

मधेश प्रदेशमा सबैभन्दा बढी २४.७५५ उजुरी आएका उनले बताएका छन् ।

गत आर्थिक वर्षमा कूल २४ हजार ३३१ उजुरीमाथि काम गरेको आयोगले जनाएको छ ।

गत आर्थिक वर्षमा कूल २४ हजार ३३१ उजुरी परेकोमा पछिल्लो आर्थिक वर्षबाट ८ हजार ९३ उजुरी सरेर आएको तथा १६ हजार २३८ नयाँ उजुरीसहित कूल २४ हजार ३३१ उजुरी दर्ता भएको उनले बताए ।

आयोगले कूल ७९ बैठक बसेर कूल ९७५ निर्णय गरेको प्रवक्ता भण्डारीले जनाए । गत वर्षमा ४४१ मुद्दा विशेष अदालतमा दर्ता भएको उनले जनाएका छन् ।

स्थानीय तह तथा संघीय मामिला मातहतको निकायमा सबैभन्दा बढी ३३ प्रतिशत उजुरी आएको उनले जनाएका छन् ।