काठमाडौँ — संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै अधिवक्ता सुनीलरन्जन सिंहले सर्वोच्चमा बुधबार रिट पेस गरेका छन् ।
तर, सर्वोच्चले परामर्श गरेर मात्रै रिट दर्ता गर्ने वा नगर्ने विषयमा जानकारी दिने बताएको अधिवक्ता सिंहले बताएका छन् ।
सर्वोच्चका सहरजिष्टार विमल पौडेलले अधिवक्ता सिंहको रिट लिएका छन् । सिंह बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका निवर्तमान सदस्यसमेत हुन् ।