असोज ५, २०७९ बुधबार

काठमाडौं: काठमाडौं महानगरपालिकाले सम्पत्ति कर बुझाउन पुन: पत्र काटेको छ। व्यापारिक संस्था र व्यक्तिलाई १० दिनभित्र कर तिर्न ताकेता गरिएको हो।

महानगरले पटकपटक सूचना जारी गर्दा पनि कर नतिरेकोले संस्था नै तोकेर कर तिर्न पत्राचार गरेको काठमाडौं महानगरपालिका राजश्व विभागीय प्रमुख शिवराज अधिकारीले जानकारी दिए।

पत्राचार गरिए अनुसार महानगरपालिकाले ुकरको जरिवाना, सम्पत्ति बहालमा लगाएको भए बहालमा लिने दिनेबीच भएको सम्झौतामा उल्लेखित रकमको १० प्रतिशतले हुन आउने बहाल करसहित बुझाउनु, भनिएको छ।

जसमा ल्याण्डमार्क होटलसँगै जय नेपाल हल, वर्ल्ड ट्रेड सेन्टर, सिभिल मल, सिटिसी मललगायत रहेका छन्। महानगरपालिकाले ४१ वटा कम्पनी भित्र १३ जना व्यक्तिलाई नै तोकेर पत्राचार गरेको छ।

महानगरपालिकाले तोकिएको समय सीमाभित्र कर नबुझाए राजस्व ऐन, २०७५ बमोजिम कारबाही गरी कर रकम सरकारी बाँकी सरह असुल उपर गर्ने पनि चेतावनी दिएको छ।