असोज ६, २०७९ बिहिबार

एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । 

यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना अन्तर्गत पर्दछ । जसमा ८०५ फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । 

वातावरणीय संरक्षणलाई सघाउ पुर्‍याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेको छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको छ । 

एनएमबिको यस कर्जा योजनास ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्ने सचेत प्रयास पनि हो । यो योजनाले नेपालकै विद्युतलाई सदुपयोग हुने लक्ष्य लिइएको बैंकले जनाएको छ । 

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने छ, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।