बैशाख ३, २०७८ शुक्रबार

एजेन्सी : युरोपको दोस्रो ठुलो क्लब फुटबल प्रतियोगिता यूईएफए युरोपा लिगमा इंग्लिस प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा स्पेनिस क्लब ग्रान्डामाथि २-० सहज जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । त्यसअघि पहिलो लेगमा पनि २-० गोलको जित निकालेको युनाइटेडले समग्रमा ४-० गोलको फराकिलो जित निकालेको हो ।

घरेलु टोली युनाइटेडको जितमा एडिसन काभानीले एक गोल गर्दा अर्को गोल भने उपहार पाएको थियो। ग्रान्डाका जेसु भेलिजोले आत्मघाती गोल गरेका हुन ।  

उक्त जितसँगै सेमिफाइनल प्रवेश गरेको युनाइटेडले फाइनल प्रवेशको लागि इटालियन क्लब रोमाको सामना गर्नेछ । उक्त खेलको पहिलो लेग ३० अप्रिलमा युनाइटेडको मैदान र ७ मार्चमा रोमाको मैदानमा हुनेछ ।