असोज ६, २०७९ बिहिबार

सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजी टिभीको एसेम्ब्लिङ प्लान्ट शुरू  गरेको छ ।

एलजी इलेक्ट्रोनिक्स, सिंगापुरका एमडी सुङ्घो चुनले नेपाल भ्रमण भ्रमणका क्रममा चौधरी ग्रुपसँगको सहकार्यमा काठमाडौंको सतुङ्गलमा एलजीको टिभी एसेम्बलिङ प्लान्टको उद्घाटन गरेका छन् ।

एलजी इलेक्ट्रोनिक्सका प्राविधिक विज्ञहरूको टोलीले नेपाली ईन्जिनियरिङ् टोलीलाई निरन्तर रूपमा सुपरिवेक्षण र सहयोग गर्दै आएको छ जसले गर्दा नेपालमा एसेम्बल गरिएका उत्पादनहरूको गुणस्तर मापदण्डअनुसार मिल्छ।

नेपाल भ्रमणबाट उत्साहित चुनले भने, 'विश्वभर गुणस्तरीय उत्पादन र सेवाका लागि पहिले नै प्रसिद्ध भएको एलजीका उत्पादनहरू नेपालमा पनि व्यापक रूपमा रुचाइएको छ। चौधरी समूहसँगको हाम्रो विगतको अनुभवले हामीलाई सेवा विस्तार गर्न यो सहकार्य गर्न प्रोत्साहित गरेको छ जसले गर्दा हाम्रा सेवाहरु अझ धेरै नेपालीहरु माझ पुग्ने छ । नयाँ एसेम्बली प्लान्टले एलजीका उत्पादनहरूलाई यस बजारका लागि थप किफायती बनाउनका लागि थप बाटोहरू खोल्ने छ, भविष्यमा, हामी नेपालमा नेपाली ग्राहकहरुलाई अझ धेरै अवसरहरु प्रदान गर्नेछौ । निकट भविष्यमा, एलजीका घरेलु उपकरणहरू तथा मनोरन्जनका उपकरणहरू नेपालबाट एसेम्बल र उत्पादन सुरु हुनेछ, जसले नेपाली ग्राहकहरूलाई एलजीका उत्पादनहरूको लागत घटाउन मद्दत गर्नेछ।'

चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले एलजी र चौधरी ग्रुपबीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप वैदेशिक लगानी ल्याउन निश्चित रूपमा मद्दत गर्ने बताए । 

'हामी सन् १९८५ (३५ वर्ष) देखि एलजी जस्तो विश्व९स्तरीय ब्रान्डको एक हिस्सा हुन पाउँदा निकै उत्साहित छौं । एलजी र चौधरी ग्रुप बीचको दीर्घकालीन सहकार्यको घोषणाले नेपालमा थप बैदेसिक लगानी ल्याउन निश्चित रूपमा मद्दत गर्नेछ। यसले नेपालमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ साथै नेपाली ग्राहकहरूले गुणस्तरीय सेवा सहितका महंगा घरेलु उपकरणहरू सुपथ मुल्यमा प्राप्त गर्नुहुनेछ,' चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने।

चुनले मिन भवनमा रहेको एलजीको शोरुमको पनि भ्रमण गरे । 

एलजीका यस्ता शोरुम देशभर ८ वटा रहेका छन् ।

साथै चुनले नेपालमा टिभी प्यानल निर्माण इकाई स्थापना गर्ने सोच ब्यक्त गर्दै, सम्भाव्यताका लागि नवलपरासीको देवचुलीस्थित सीजी इन्डस्ट्रियल पार्कको पनि भ्रमण गरे । 

उनले नवलपरासीको देभचुलीमा रहेको श्री शान्ति सिर्जना आधारभूत विद्यालयमा एलजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा चौधरी फाउन्डेसनले स्थापना गरेको डिजिटल क्लास रुम ९डिजिटल स्कूल० को पनि भ्रमण गरे ।

आफ्नो सामाजिक उत्तरदायित्व स्वोरुप, यस डिजिटल स्कूलले स्कूलका विद्यार्थीहरूलाई डिजिटल शिक्षा मार्फत समग्र शैक्षिक शिक्षा प्राप्त गर्न मद्दत गरिरहेको छ। 

यो कार्यक्रम संस्थाले आजसम्म ४ प्रदेश र ९ जिल्लामा गरि २४ सामुदायिक विद्यालयमा सुरु गरिसकेको छ र देशभर विस्तार गर्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।