बैशाख ३, २०७८ शुक्रबार

एजेन्सी : विश्वकै सर्वाधिक चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) टि२० क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।

बिहीबार राति मुम्बईस्थित वान्ग्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो ।

दिल्लीले दिएको १ सय ४८ रनको विजयी लक्ष्य पक्ष्याएको राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो  ।

राजस्थानको जितमा डेभिड मिलरले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्रिस मोरिस ३६, जयदेव उनाकडले ११ रन बनाउदा राहुल टेवाटिया १९ रनमा आउट भए ।

यता दिल्लीका लागि अभेस खानले ३ विकेट लिए । क्रिस वोक्स र कागिसो राबडाले समान २/२ विकेट लिए ।  

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७  रन बनाएको थियो ।