असोज ६, २०७९ बिहिबार

महेश सिंह । सिरहा । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले पाचौं वार्षिक उत्सवको उपलक्ष्यमा लहान ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्यनरत रहेका विद्यार्थीहरूसँग एक दिने बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

लहान शाखाको प्रवन्धक उपेन्द्रनारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शाखाको जिल्ला कार्य समिति सदस्य महेश सिंह प्रमुख अतिथि रहेका थिए । प्रमुख अतिथि सिंहले मानव जीवनमा बीमा महत्त्वपूर्ण रहेको चर्चा गर्दै हरेक नागरिकलाई बीमासँग जोड्नु पर्ने बताए।

बीमा कम्पनीहरूले नागरिकलाई बचत गर्ने बानी र आर्थिक सम्पन्नता गर्न र देशलाई आर्थिक समृद्धिमा अगाडि बढाइरहेको बताए।