असोज ६, २०७९ बिहिबार

नेपाल राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल सोझै खरिद गर्ने भएको छ । 

ट्रेजरी बिक्री गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले आज (असोज ६ गते, बिहीबार) दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन् । यो ट्रेजरी बिल भोलि (असोज ७ गते, शुक्रबार) खरिद गरिनेछ ।

काउण्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नं. र परिमाण उल्लेख गर्नु पर्नेछ । काउण्टरपार्टीले बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नु पर्नेछ । (उदाहरण: रु. १०० को ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्ने) काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण रु.१ करोड वा रु. १ करोडले भाग लाग्ने दरले खरिद आव्हान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटा मात्र बोलकबोल गर्नुपर्नेछ ।

त्यसैगरी, काउण्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमको आधारमा बहुमूल्यमा यस बैंकले खरिद गर्न सक्नेछ । बोलकबोलमा संलग्न काउण्टरपार्टीले आज बिहिबार दिनको ३:१५ बजेभित्र बोलकबोल गरेका ट्रेजरी बिल्सको सक्कलै प्रति यस बैंकमा बिक्रीका लागि दाखिला गर्नुपर्ने छ र तोकिएको समय सीमाभित्र यस्ता ट्रेजरी बिल्स दाखिला नगर्ने काउण्टरपार्टीलाई बोल मूल्यको २.५० प्रतिशतका दरले हर्जाना सहित आगामी ६ महिनासम्म खुला बजार तथा व्याजदर कोरिडोरसम्बन्धी कुनै पनि बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिनेछ ।

बोलकबोलको बाँडफाँडमा ऋगत(याा च्बतभ लगाउने, पूर्ण वा आंशिक बोलकबोल आव्हान रकम स्वीकार वा अस्वीकार गर्ने लगायतका अधिकार समितिमा निहित रहने सूचनामा उल्लेख गरिएको छ ।

ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ :
632bf70c29ba5.jpg