बैशाख ३, २०७८ शुक्रबार

एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनल यूइएफए युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ ।

शुक्रबार बिहान सम्पन्न खेलमा आर्सनलले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमाथि दोस्रो लेगमा सानदार जित निकाल्दै अघिल्लो चरणमा प्रवेश गरेको हो । आर्सनलको घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा १-१ गोलको बराबरीमा सकिएको थियो । तर दोस्रो लेगको खेलमा घरेलु टोली स्लाभियामाथि ४-० गोलको फराकिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।

आर्सनलको जितमा एलेसान्द्रे लाकाजेटले २ तथा निकलस पेपे र बुकायो साकाले समान १/१गोल गरे । पहिलो हाफमा ३-० गोलको अग्रता बनाएको आर्सनलले दोस्रो हाफमा थप १ गोल गर्न सफल भएको हो ।

उक्त जित सँगै आर्सनलले समग्रमा ५-१ गोल अन्तरको जित निकालेको छ । अब आर्सनलले फाइनल प्रवेशिकाे लागि स्पेनिस क्लब भिल्ला रियलको सामना गर्नेछ । उक्त खेलको पहिलो लेग
३० मार्चमा भिल्लाको मैदानमा हुनेछ , भने दोस्रो लेग आर्सनलको ७ मार्चमा हुनेछ ।