असोज ६, २०७९ बिहिबार

काठमाडौं: नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनले नागरिकता विधेयकलाई चुनावी एजेण्डा बनाएर एमालेविरुद्ध प्रयोग गर्न खोजेको आरोप लगाएका छन्। 

पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिर ४ को चुनावबाट एमाले अगाडि आउनेबाट रोक्न पाँच दलीय गठबन्धन लागिरहेको बताए। 

उनले भने, ‘हामीलाई रोक्न विभिन्न षड्यन्त्र भइरहेको छ। हाम्रो पाटीलाई रोक्नको लागि नागरिकताको विषयसँग जोडेर प्रचार गरिएका छन्। नागरिकले नागरिकता पाउनुपर्छ। जन्मसिद्ध नागरिकका सन्तानको वंशजको आधारमा नागरिकता सुनिश्चित गर्नुपर्छ भन्नेमा एमाले प्रतिबद्ध छ। ओली प्रधानमन्त्री हुँदा अध्यादेश ल्याउँदा रोक्न खोज्नेहरू अहिले एमालेले नागरिकतामा अवरोध गरेको प्रचार गर्दैछन्।’

ओली सरकारले ल्याएको अध्यादेश नरोकेको भए जन्मसिद्धका सन्तानहरूले अहिले नागरिकता पाइसक्ने उनको भनाइ छ। नागरिकता समस्या समाधान गर्न राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाउँदा गठबन्धनले बेवास्ता गरेको बताए। 

गठबन्धनले राष्ट्रको नेतृत्वको गर्न सक्दैन। वैवाहिक अंगीकृतको सम्दर्भमा नेपाली चेलीले भारतमा बिहे गरेर जाँदा जति समय लाग्छ। त्यति भारतबाट आउने चेलीले पनि नेपालमा नागरिकता पाउन कुर्नुपर्छ भनेका हौँ उनले भने , ‘विवाह लगत्तै नागरिकता दिने व्यवस्था कहाँ छरु हामीले नागरिकताबाट कसैलाई बञ्चित गर्न खोजेका होइनौँ। नेपाली चेलीहरूले जुन हक पाउछन्। अरूलाई पनि त्यही हुनुपर्छ भनेका हौँ।’ राष्ट्रलाई कमजोर पार्ने षडयन्त्रको विरूद्ध एमालेले निरन्तर लडेको दाबी गरे।