एजेन्सी : इटालियन सिरी ए फुटबल क्लब रोमा यूईएफए युरोप लिगको सेमिफाइनलमा प्रवेश गरको छ ।
शुक्रबार बिहान सम्पन्न दोस्रो लेगको खेलमा घरेलु मैदानमा डच क्लब आयाक्ससँग १/१ गोलको बराबरीमा रोकिएता पनि समग्रमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
अब उसले फाइनल प्रवेशका लागि इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडको सामना गर्नेछ ।उक्त खेलको पहिलो लेग ३० अप्रिलमा युनाइटेडको मैदान र ७ मार्चमा रोमाको मैदानमा हुनेछ ।