असोज ६, २०७९ बिहिबार

मकवानपुरको भीमफेदीमा मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमा मृत्यु भएको छ ।  काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको मकवानपुरका एसपी वामदेव गौतमले बताए ।

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको एसपी गौतमले जानकारी दिए । उनले भने–‘उद्दार कार्य हुँदै छ, च्यापिएको अवस्थामा ६ जनाको शव निकालेका छौं ।’ मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।