असोज ६, २०७९ बिहिबार

रुकुम । रुकुममा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । काठमाडौंबाट रुकुम पूर्व तर्फ जाँदै गरेको धौलागिरी यातायातको ग१ख ९१०९ नम्बरको बस मध्य पहाडी लोकमार्ग भूमे गाउँपालिका-२ थाबाङ बगरमा दुर्घटनामा परेको हो ।

बिहीबार दिउँसो  ३ बजे भएको दुर्घटनामा परेर तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रकाश डाँगीले बताए ।