असोज ६, २०७९ बिहिबार

काठमाडौँ । सत्तारूढ गठबन्धन दलका युवा संगठनहरूले राष्ट्रपतिको कदमविरुद्ध विरोध प्रदर्शन गरेका छन् । उक्त कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले मुलुकप्रति षडयन्त्र हुन थालेको र संविधानमाथि प्रहार हुन थालेको बताएका छन् ।

कार्यक्रममा अध्यक्ष गुरुङले संविधानले राष्ट्रपतिलाई मुलुकको संरक्षकका रूपमा राखेको बताए ।