एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबल क्लब आर्सनलका फरवार्ड पिएरे इमरिक औबामेयाङलाई मलेरिया सङ्क्रमण भएको छ ।
सामाजिक सञ्जालमार्फत औबामेयाङले आफूलाई मलेरिया भएको जनाउँदै उपचारका लागि अहिले अस्पताल भर्ना भएको समेत जनाएका छन् ।
अन्तर्राष्ट्रिय खेलका लागि गोबान पुगेका उनलाई मलेरियाको सङ्क्रमण भएको हो । अफ्रिका कप अफ नेसन्सको छनोट खेलका लागि उनी त्यसतर्फ गएका थिए । उनले आफू केही दिन अस्पतालमा रहने बताएका छन् ।