काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ ।
२ वर्षमै २ गुणा हुने यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरूले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस योजनाअन्तर्गत मुद्दती निक्षेप खाता खोल्नका लागि निक्षेपकर्ताले कुनै निश्चित रकम छनोट गर्नुपर्नेछ । यस योजनामा सहभागिताका लागि न्यूनतम मौज्दात रु १०,००० रहेको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । २ वर्षको समयावधिमा दोब्बर रकम प्राप्त गर्न निक्षेपकर्ताले हरेक त्रैमासमा छनोट गरेको रकमको १० प्रतिशत रकम जम्मा गर्दै जानुपर्नेछ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।