चट्याङ लागेर भोजपुर र तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । बिहीबार बेलुका चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा तेह्रथुम, छथर गाउँपालिका–६ असिनेकी ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका–८ निगुरेका ६० वर्षीया मनमाया राई रहेका छन् ।
बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो ।
बिहीबार बेलुका ६ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोस भई लडेकी महिलाको प्राथमिक स्वास्थ्य केन्द्र मूलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।