असोज ७, २०७९ शुक्रबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको वित्तीय विवरणका आधारमा सञ्चित नाफाबाट बैंक सञ्चालक समिति बैठकले सेयरधनीलाई सो बराबरको नगद लाभांश दिने भएको हो ।

सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैंकले स्वीकृत र निफ्राको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । निफ्राले दिन लागेको यो नगद लाभांशबाट नै कर काटिनेछ ।