बैशाख ३, २०७८ शुक्रबार

विश्वकै सर्वाधिक चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) टि२० क्रिकेटको चौधौँ संस्करणमा आज पञ्जाब किङ्सले चेन्नई सुपर किङ्सको सामना गर्दै छ । नेपाली समयअनुसार बेलुका ७ः४५ बजे हुने उक्त खेल मुम्बईस्थित वान्खडे स्टेडियममा हुनेछ ।

यस खेलमा पञ्जाब लगातार दोस्रो जित निकाल्ने दाउमा छ भने चेन्नई पहिलो जितको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई ४ रनले हराएको थियो । चेन्नई भने पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।

चेन्नई अङ्क तालिकाको पुछारमा छ भने २ अङ्क भएको पञ्जाब तेस्रो स्थानमा छ ।