एजेन्सी : इंग्लिस प्रिमियर लिग फुटबलमा आज आफ्नो ३२औं साताको खेलमा घरेलु मैदानमा एभर्टनले टोटेनहम हर्स्पोटसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाली समयअनुसार आज राति १२:४५ बजेबाट सुरु हुने खेलमा घरेलु टोली एभर्टन सहज जित निकाल्दै अंक तालिकामा सुधार गर्दै टोटेनहमलाई पछि पर्दै आफू सातौ स्थानमा उक्लिने योजनाको साथ मैदान उत्रिदैछ ।
तर पाहुना टोली टोटेनहमलाई हराउन घरेलु टोलीलाई सहज भने हुनेछैन । जारी सिजन ७औ स्थानमा रहेको टोटेनहमको कुल ३१ खेलबाट ४९ अंक रहेको छ । यस्तै ३० खेलबाट ४८ अंक बनाएको एभर्टन ८औं स्थानमा रहेको छ ।
यदि आजको खेलमा टोटेनहम विजयी भए लिभरपुललाई पछि छैटौं स्थानमा उक्लनेछ ।