काठमाण्डौ – नेपालीहरुको महान चाडको अवसरमा फोनपेले दशैँमा १० दिन र तिहारमा ५ दिनको अफर सार्वजनिक गरेको छ । जस अन्तर्गत प्रयोगकर्ताहरुले हरेक दिन आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा एक लाख रुपैयाँ जित्न सक्नुहुनेछ । त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको छ ।
यसको साथै यही असोज १४ गते पर्ने आईएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १०५ छुट (अधिकतम एक सय रुपैयाँ) पनि प्राप्त गर्न सक्नुहुनेछ ।
आईएमई पे र फोन पेबीच भएको सम्झौतामा यस्तो अवसरको व्यवस्था गरिएको हो । सम्झौता पत्रमा आईएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष श्री आमोद भट्टराई तथा फोनपेका तर्फबाट बिजनेस डेभलपमेन्ट म्यानेजर श्री रुशान्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।